प्रतिनिधिसभाका ४७ सांसदले आफ्नो मातृ भाषामा शपथ लिन नाम टिपाएका छन् । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसद्ले नाम टिपाएको जानकारी दिए। यसअघि २०७९ सालमा २८ सांसदले मातृभाषामा शपथ लिएका थिए ।
यी मध्ये केहीले मैथिली,थारू ,नेपाल भाषा, डोटेली,बझाङ्गी,भोजपुरी,संस्कृत,छन्त्याल,वान्तवा,चाम्लिङ,अवधि,मगही,बजिका,मगर खाम,तामाङ भाषामा शपथ लिँदैछन् । उनीहरु आफ्नो जातिगत तथा धर्म संस्कृति झल्कने पोशाकसहित उपस्थित हुनेछन् । प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते हुँदैछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।