शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड भन्दा बढीको क्षति
सक्रिय न्युज · सोमबार, ९ चैत, २०८२ मा प्रकाशित
बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित
फाइल तस्बिर
महोत्तरी, चैत ९ :

बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड भन्दा बढीको क्षति भएको छ ।

इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो मूल्य बराबराको इँटा पूर्णरुपमा क्षति भएको छ ।

इँटा उत्पादनका लागि सबैभन्दा अनुकुल मानिएको माघ, फागुन र चैत महिनामा प्रायः वर्षा नहुने हुँदा जिल्लाभित्रका सबै इँटा उद्योगहरुले १५ देखि २०÷२२ लाखको हाराहारीमा लागत लगाएर  परिमाणमा इँटा बनाएर पकाउनका लागि सुकाइरहेको अवस्थामा अचानक आएको वर्षाले करोडौंको क्षति पुर्याएको उहाँले बताए ।

औरही नगरपालिका– २ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि नै बिक्री गर्ने परिमाणको इँटा तयार गरेर पकाउनका लागि ठिक्क पारिएको अवस्थामा अचानकको वर्षाले सबै इँटा पगालिएपछि आर्थिक सङ्कट परेको गुनासो गरे ।

इँटा उद्योग सञ्चालकहरुले कडा मेहनत र करोडौं लगानी गरेर काँचो इँटा तयारी गराएर पकाउनका लागि सुकाइरहेका इँटा आकस्मिक रुपमा आएको भीषण वर्षाले बगाएपछि इँटा उद्योगीको मेहनत र लगानी सबै बगाइदिएको औरही– ७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले बताए । 
    
बेमौसमी वर्षातले जिल्लाका तीन दर्जन इँटा उद्योगमा न्यूनतम रु आठ लाखदेखि अधिकतम २२ लाखसम्मको क्षति पुगेको जनाइएको छ । 
    
अध्यक्ष चौधरीले भने, “हामी क्षतिको लगत सङ्कलन गरेर सम्बन्धित निकायमा क्षतिपूर्ति तथा अनुदानको व्यवस्था मिलाइदिन गर्दछौँ ।”
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार