कपिलवस्तु, चैत ८ :

कपिलवस्तुमा निषेधाज्ञा जारी गरिएको छ । आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले  कपिलवस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको जानकारी दिए ।

पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालयसम्म  निषेधाज्ञा लागु गरिएको छ ।महाराजगन्ज बर्गदामा भएको घटनामा  २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

गोली लागेर चारजना घाइते भएका भएका छन् । घाइतेहरुको भैरहवा,भरतपुर र बहादुरगन्ज अस्पतालमा उपचार भइरहेको छ। घटनामा नौ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।