
काठमाडौं, चैत २ :
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ दलहरुले पठाएको सूची अध्ययन गरिरहेको छ । थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले प्राप्त मतका आधारमा बन्दसूचीमा रहेका उम्मेदवारको क्लस्टर मिलाएर हिजो आयोग समक्ष बुझाएका थिए ।
उनीहरुले सूचीमा आफन्तजनलाई समेटेको भए पनि सूची भने नबिग्रिएको जनाइएको छ। आयोगले दलहरूले पठाएका सूची अध्ययन आज साँझसम्म प्रकाशित गर्ने तयारी गरेको छ। सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा सूची पेस गरेका कुनै पनि दलको सूची नबिग्रिएको जानकारी दिए ।
समानुपातिकतर्फको मतको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम सस्कृति पार्टीले ४/४ सिट पाएका छन् ।