बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
प्रदेश कोसी प्रदेश

हुरीका कारण झापामा केराखेतीमा क्षति

पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ चैत, २०८२ मा प्रकाशित
हुरीका कारण झापामा केराखेतीमा क्षति
झापा, चैत १ :

तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ । ‘भाँचिएका सबै केराघरी लागेका रहेछन्’, उनले भने, ‘पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ ।’

उनका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो । केरा नष्ट हुँदा करिब  १६ लाखको क्षति भएको उनले बताए ।

किसान बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक–पटक मारमा पारेको बताए । यसअघि गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीले उनको करिब रु एक करोड बराबरको केराखेती नष्ट गरेको थियो ।

‘बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो’, बस्नेतले भने, ‘अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को क्षति । प्रकृति विपद् पनि मलाई मात्र आउँछ कि जस्तो हुन थल्यो ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार