काठमाडौँ, साउन १७ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिनुभएको हो ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा हिजो विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’