मुस्ताङ, फागुन २२ :

नेपाली कांग्रेसले मुस्ताङ १ बाट जितको खाता खोलेको छ ।  कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३३०७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले १८०६ मत प्राप्त गरे ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ मतान्तरले विजयी भएका हुन् ।