शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति भिडियो

निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास, क-कसलाई चाहिँन्छ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ फागुन, २०८२ मा प्रकाशित
निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास, क-कसलाई चाहिँन्छ ?
काठमाडौं, फागुन १७ :

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जनाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दमकल, एम्बुलेन्स, शववाहन लगाएतका अत्यावश्यक सवारी साधन लगाएत खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनको सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए । उक्त सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने उनले बताए ।

दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास आवश्यक नपर्ने समेत भट्टराईले उल्लेख गरे ।

त्यस्तै उनले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति र एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।

प्रवक्ता भट्टराईले अन्य आवश्यक निकायका सवारी साधन सञ्चालनका लागि एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरी सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार