शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित

· मंगलबार, १६ असोज, २०८१ मा प्रकाशित
बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित
सप्तरी, असोज १६ :

केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज- कुनौली सडकखण्डमा रहेका पुल भासिँदा आवतजावतमा समस्या भएको  छ ।

साथै भारतसँग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका- १ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ। 

अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।

वर्षा हुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटान समेत हुने  गरेको छ । 

स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताउनुभयो । 

उहाँले वर्षाका कारण वस्ती  डुबानमा नै रहेको बताउनुभयो । राजविराज- कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ । ”

भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी  भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो । सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ ।

दुई वर्षअघि आएको बाढीले सडक भासिँदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

तिलाठीस्थित राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले राजविराज जोडिने कुनौलीको पूर्वी भेग सम्मको बीच बाटोमा रहेको पुल र सडक जीता खोलाले बगाएर क्षति गर्दा राजस्व सङ्कलनमा धेरै गिरावट आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार