शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

तारेभिरको जंगलमा लागेको डढेलो हेलिकोप्टरबाट निभाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० फागुन, २०८२ मा प्रकाशित
तारेभिरको जंगलमा लागेको डढेलो हेलिकोप्टरबाट निभाइयो
काठमाडौं, फागुन १० :

शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको छ ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ३ सुन्ताखानमा पर्ने तारेभिरको जंगलमा लागेको डढेलो सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याएर निभाएको हो ।  

डढेलो नियन्त्रणका लागि हेलिकोप्टरले १३ पटक पानी खन्याउनु परेको थियो । समयमा नै डढेलो नियन्त्रणमा लिन सकिएकाले बस्तीतर्फ जानबाट रोकिनुका साथै ठुलो जनधनको क्षति जोगिएको प्रहरीले जनाएको छ । 

आइतबार बिहान लागेको डढेलो नियन्त्रणका लागि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको थियो । डढेलो नियन्त्रणमा लिन सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दा समेत खटिएका थिए । सुख्खायाम सुरु भएसँगै मुलुकभर आगलागी र डढेलोको घटना बढन थालेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार