शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

परेवा भिरमा पहिरो गएपछि पृथ्वी राजमार्गमा दुबैतर्फको सवारी आवागमन फेरी ठप्प

· सोमबार, १५ असोज, २०८१ मा प्रकाशित
परेवा भिरमा पहिरो गएपछि पृथ्वी राजमार्गमा  दुबैतर्फको सवारी आवागमन फेरी ठप्प
काठमाण्डौं, असोज १५ :

धादिङको मलेखु नजिकै परेवा भिरमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन फेरी दुबैतर्फ ठप्प भएको छ ।गजुरी गाउँपालिका  स्थित वडा नम्बर–२ मलेखुको माछा बजार नजिकै परेवा भिरमा सुख्खा पहिरो खसेको हो ।

पहिरो ठुलो भएकोले  अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।  

पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेश गर्ने सवारीका साधनहरू बीच बाटोमै रोकिएका छन् ।

सडक खुलाउनका लागी प्रयास गरिएको भए पनि राती र अँध्यारोका कारण थप समस्या भएको बताईएको छ । सो स्थानमा पहिरो खसी रहने समस्या  छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार