शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश बागमती प्रदेश अर्थतन्त्र

अर्थमन्त्री खनालको प्रतिबद्धता : निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन दिने छैनौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ फागुन, २०८२ मा प्रकाशित
अर्थमन्त्री खनालको प्रतिबद्धता : निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन दिने छैनौं
ललितपुर, फागुन ८ :

अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। ललितपुरमा आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उनले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए ।

अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे । उनले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

सरकारले दशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्रीले त्यसका लागि विविध नीतिगत काम भएका जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार