
काठमाडौं, फागुन ५ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रसार्इंलाई अविलम्ब र बिना शर्त रिहा गर्न माग गरेका हुन् ।
‘रातको समयमा प्रसाईंलाई पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’
निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो थियो । व्यक्त अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई पटकपटक पक्राउ गरिसकेको छ ।