शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक जम्मा गर्ने 

· सोमबार, १५ असोज, २०८१ मा प्रकाशित
माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक जम्मा गर्ने 
काठमाण्डौँ , असोज १५ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । 

पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।
 
 पदाधिकारी बैठकको निर्णय अनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ ।

केन्द्रीय राहत कोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश/ दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र समेत गरेको छ ।
 
पार्टीका प्रदेश समितिले पनि राहत रकम सङ्कलन गरी केन्द्रीय राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालयमा पार्टीको विपद् व्यवस्थापन विभागले ‘हेल्प डेस्क’ स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था गरिएको माओवादीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार