शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

मतदान निर्देशिका लगायतका सामग्रीको छपाइ सम्पन्न

मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका छपाइको काम सकियो हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
मतदान निर्देशिका लगायतका सामग्रीको छपाइ सम्पन्न
फाइल तस्बिर ।
काठमाडौं, माघ २९ :

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका आवश्यकमात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । छापिएर आएका छपाइ सामग्री पनि निर्वाचनका अन्य सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने गरी तयारी भएको छ ।

प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आएको उहाँले सुनाउनुभयो । बाँकी सामग्री पनि अब क्रमशः आएपछि जिल्ला जिल्लामा पठाउन तयारी अवस्थामा राखिने छ । मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार