नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी आवश्यक संसोधन गरेर अझै क्रियाशील र गतिशील बनाइने बताएका छन ।
सोमबार विराटनगरमा आयोजना गरिएको कोसी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट र अन्तर्क्रिया कार्यक्रममा सभापति थापाले वर्तमान संविधान सहमतिको दस्तावेज भएकोले यसको संरक्षण आवश्यक भएको बताए।
उनले संविधान संसोधन गर्नैपर्ने अवस्था आएकाले फागुन २१ गतेको निर्वाचन पछि यसका लागि कांग्रेसले पहल लिने जानकारी दिए । उनले भ्रष्टाचारमुक्त शासन अहिलेको एजेण्डा भएकाले यसको नेतृत्व लिने गरी आगामी निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले जेन्जी आन्दोलनमा उठेको भ्रष्टाचारमुक्त मुलुक र सुशासनका लागि अख्तियार, अदालत जस्ता संवैधानिक निकायहरुमा पनि व्यापक सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।
त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले युवा, मजदुर, किसान, व्यवसायी लगाएत सबै वर्ग समुदायका लागि कांग्रेसले आवाज उठाउने बताए ।
त्यस्तै कांग्रेस नेता विजय गच्छदारले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकढिक्का भएर अघि बढेको उल्लेख गरे ।
त्यसैगरीअन्य कांग्रेस नेताहरुले पनि कांग्रेस एक भएर अघि बढेकोले कार्यकर्ताहरुले तल माथि नहेरी पार्टीनिर्देशन अनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’