शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति खेलकुद क्रिकेट

आइसिसी टी–२० विश्वकप क्रिकेट : प्रधानमन्त्रीद्वारा नेपाली खेलाडीलाई विजयको शुभकामना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ माघ, २०८२ मा प्रकाशित
आइसिसी टी–२० विश्वकप क्रिकेट : प्रधानमन्त्रीद्वारा नेपाली खेलाडीलाई विजयको शुभकामना
काठमाडौं, माघ २५ :

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने अपेक्षा गरिएको बताइन्।

आइसिसी  टी–२० विश्वकप खेलिरहेको नेपालसँग विश्वभरका प्रशंसकहरूको समर्थन रहेको छ । विगतमा टोलीले देखाएका चमत्कार र सफलताले आजको खेल अझ विशेष बनाएको छ । सिङ्गो राष्ट्रका तर्फबाट प्रधानमन्त्रीले नेपाली खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै ‘विजयी भवः’ अनि धेरै माया पनि भनेकी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार