शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

इजाजत प्राप्त बन्दुक निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ माघ, २०८२ मा प्रकाशित
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
बैतडी, माघ २५ :

बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो ।

सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवाबन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देव बडूले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक सङ्कलन गरिएको उनले बताए ।

प्रशासनले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गरिसक्नुपर्ने उल्लेख गरेको भए पनि सबै हातहतियार फिर्ता गरिएको छैन । निर्वाचन सुरक्षालाई अवस्थालाई मध्यनजर गर्दै विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन सूचनामार्फत आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिए ।

यसअघि तोकिएको मितिसम्म इजाजत प्राप्त हातहतियार नबुझाएपछि माघ मसान्तसम्म म्याद थप गरिएको उनले बताए । ‘बैतडीमा हातहतियारका लागि एक हजार ८६ इजाजत वितरण गरिएको छ’, सूचना अधिकारी थापाले भने, ‘तिमध्ये चालु आर्थिक वर्षमा ४५२ ले मात्रै इजाजत नवीकरण गराएका छन् ।’ सङ्कलित बन्दुक निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार