नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।
गृहजिल्ला झापा आगमनका क्रममा अध्यक्ष ओलीले आज चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सिक्ने चाहना र राजनीतिक सक्रियताको आकाङ्क्षा राख्ने युवा पुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा राखे ।
नयाँ पुस्ताले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्नु गलत नभएको स्पष्ट पार्दै उनले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको बताए । ‘अनुभव र ऊर्जाको संयोजनले मात्रै राजनीतिक संस्कार सुदृढ हुनसक्छ’, उनले भने ।
झापा क्षेत्र नं ५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दिएका अध्यक्ष ओली आज हवाईमार्ग हुँदै यहाँ पुगेका हुन् । राजनीतिक प्रतिस्पर्धा स्वागतयोग्य भएको उल्लेख गर्दै उनले आफूसँग प्रतिस्पर्धा गर्न कोही अगाडि आउँछ भने त्यसलाई सधैँ खुलेर स्वीकार गर्ने बताए । लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा र युवाको सक्रिय सहभागिताले राजनीति अझ परिपक्व हुने अध्यक्ष ओलीले विश्वास व्यक्त गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’