शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

निर्वाचन प्रयोजनका लागि खोलिएका खाताको दुरुपयोग भए कारबाही हुन्छ : आयोग

‘स्वेच्छाले हुने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
निर्वाचन प्रयोजनका लागि खोलिएका खाताको दुरुपयोग भए कारबाही हुन्छ : आयोग
काठमाडौं, माघ २३ :

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानून बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको भन्दै दुरुपयोग भए पछि कानून बमोजिम कारबाही हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको बिषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताए ।

उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उनले स्वेच्छाले हुने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने धारणा राखे । चुनावका नाममा नियतवस आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको पछि समाधान हुने उनले बताए ।

प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरु जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए । उनले फागुन चार गतेदेखि प्रचार प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दबाब भए–नभएको आयोगले हेर्ने बताए । सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उनले बताए।

उनले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको जानकारी दिए । प्रत्यक्ष तर्फको मतपत्र छपाईको कामले गति लिइरहेको र अहिलेसम्म करिब ८४ लाख ४० हजार भन्दा बढि मतपत्र छपाइ भइसकेको उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार