काठमाडौं, माघ २३ :

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीले प्रसाईंलाई आज दिउँसो काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो। प्रसाशनले अनुमति नदिएको कार्यक्रममा सहभागी हुन वीरगन्ज जाँदै गरेका प्रसाईं बाटोबाटै पक्राउ परेका हुन् ।

यसअघि उनी पोखराबाट पक्राउ परेका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको अभिव्यक्ति दिएपछि आयोगको पत्रको आधारमा उनलाई  प्रहरीले पक्राउ गरेको थियो।