शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

माथिल्लो तामाकोशीमा दुई जनाको शव फेला

· आइतबार, १४ असोज, २०८१ मा प्रकाशित
काठमाण्डौं, असोज १४ :

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना हेडवक्र्समा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आज फेला परेको हो ।

तर शवको पहिचान भने हुन सकेको छैन । दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ । ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेदोसहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल,अर्का  सैनिक शङ्कर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्ले तामाकोशीमा  काम गर्दैआएका ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्क बिहिन भएका थिए ।

ती मध्ये दुई जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन । पहिरोले पुरिँदा सम्पर्कबिहिन भएका अन्य दुइ जनाको अवस्था अज्ञात छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार