काठमाडौं, माघ २१ :
न्याय परिषद्ले उपभोक्ता अदालत, काठमाडौँको अध्यक्ष पदमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा दीवाकर भट्टलाई तोक्न परामर्श दिने निर्णय गरेको छ ।
परिषद्को आज बसेको बैठकले उक्त अदालतको अध्यक्षमा जिल्ला न्यायाधीश भट्टलाई तोक्न परामर्श दिने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै, बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गर्ने र २० जना जिल्ला न्यायाधीशको पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, बिमा ऐन, २०७९ को दफा १४७ को उपदफा (१) को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनार्थ ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णय गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’