शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति

धमाधम मतपेटिका ढुवानी, बहादुर भवनबाट निर्वाचन सामग्री जिल्लातिर पठाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ माघ, २०८२ मा प्रकाशित
धमाधम मतपेटिका ढुवानी, बहादुर भवनबाट निर्वाचन सामग्री जिल्लातिर पठाइयो
काठमाडौं, माघ २१ :

निर्वाचन आयोगले मतदानका लागि आवश्यक सामग्रीको व्यवस्थापन र ढुवानी प्रक्रियालाई तीव्र पारेको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कान्तिपथस्थित आयोगको मुख्यलयबाट मंगलबार ललितपुर जिल्ला निर्वाचन कार्यालयका लागि मतपेटिकाहरू पठाइएको छ।

आयोगका सह प्रवक्ता कुल जिसीका अनुसार मतदानका लागि आवश्यक पर्ने मतपेटिका, रबर छाप, मसी र अन्य महत्वपूर्ण निर्वाचन सामग्रीहरू गाडीमार्फत सम्बन्धित जिल्लाहरूमा पठाउन थालिएको हो।  ललितपुर नजिकको जिल्ला भए तापनि स्थानीय व्यवस्थापन र कर्मचारी प्रशिक्षणका लागि सामग्री चाँडै पठाइएको हो।

मतपेटिकाहरू कडा सुरक्षाका साथ ढुवानी गरिएको छ। आयोगका अनुसार, दुर्गम जिल्लाहरूमा पहिले र सुगम जिल्लाहरूमा क्रमशः निर्वाचन सामग्रीहरु पठाइनेछ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार