शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

विमानस्थलभित्रको डस्टबिनमा सुन : निकालेर लैजाँदै गरेका एक कर्मचारी पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ माघ, २०८२ मा प्रकाशित
विमानस्थलभित्रको डस्टबिनमा सुन : निकालेर लैजाँदै गरेका एक कर्मचारी पक्राउ
काठमाडौं, माघ २१ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको डस्टबिनबाट सुन निकालेर लैजाँदै गरेका एक कर्मचारी पक्राउ परेका छन्। मंगलबार बिहान साढे सात बजेतिर विमानस्थलभित्र सरसफाइको काममा संलग्न डिकबहादुर राउतलाई पक्राउ गरिएको हो। फोहोर जम्मा गरिएको प्लास्टिकको थैलोबाट उनले सुन निकाल्दै गरेका थिए । उनी ४ दशमलव ४ ग्राम सुनसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए।  डस्टबिनमा सुन कसरी आयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका कर्मचारीलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार विभागमा जिम्मा लगाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार