शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मङ्गलबारसम्म ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना टरेको छैनः विभाग

· आइतबार, १४ असोज, २०८१ मा प्रकाशित
मङ्गलबारसम्म ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना टरेको छैनः विभाग
काठमाण्डौँ , असोज १४ :

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्कालका लागि ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी गराएको छ । 

विभागका अनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा जारी रहेको छ। 

महाशाखाका मौसमविद् शान्ति कँडेलले मौसममा सुधार हुँदै गए पनि मङ्गलबारसम्म मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो । हल्का वर्षा भए पनि विपद् निम्ताउने किसिमको ठुलो वर्षाको सम्भावना तत्कालका लागि नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । 

महाशाखाले आगामी तीन दिनसम्मको मात्रै मौसमी अवस्था पूर्वानुमान गर्दै आएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

कोशी र लुम्बिनी प्रदेशका एक-  दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ । 

बुलेटिनमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू- भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिमा भने कोशी प्रदेशलगायत देशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी कोशी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन- चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

 कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राति कोशी प्रदेशलगायत देशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू- भागका थोरै स्थानमा मेघगर्जन- चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशलगायत देशका पहाडी भू- भागका थोरै स्थानमा तथा बाँकी भू- भागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू- क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाको अनुरोध छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार