नवलपरासी, माघ २० :
प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन गरिने बताएकी छन्।
पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवा दलद्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा प्रधानमन्त्री कार्कीले अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्रै हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताइन् । प्रधानमन्त्रीले निर्वाचन तोकिएको समयमा नै हुने स्पष्ट पार्दै, सर्ने विषय अब हटिसकेको बताइन्।
उनले भनिन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्रै हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ ।’
उनले हिमालका जिल्लामा गाडीबाट मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे सरकारले सोचिरहेको बताइन् । उनले यो निर्वाचनमा करिब ३० देखि ३२ अर्ब खर्च हुने समेत बताइन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै