शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

गहना र नगद लुट्ने उद्देश्यले वृद्धाको ह*त्या, पाँच जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ माघ, २०८२ मा प्रकाशित
गहना र नगद लुट्ने उद्देश्यले वृद्धाको ह*त्या, पाँच जना पक्राउ
चितवन, माघ १५ :

चितवन रत्ननगरकी ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या गहना र नगद लुट्ने उद्देश्यले भएको  प्रहरीले जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको छ ।

हत्यामा संलग्न पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरी कर्तव्य ज्यान र डाँका अभियोगमा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकाहरूबाट सुकमायाले प्रयोग गर्ने मोबाइल र पर्स बरामद गरिएको छ।

गत पुस २६ गते उनी रत्ननगर-४ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थायी घर भइ रत्ननगर-१० बस्ने ४६ वर्षका शुक्रबहादुर भोलोन, जितपुर सिमरा-२२ नै घर भएर ललितपुर महानगरपालिका-१० च्यासल बस्ने ४२ वर्षका सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका-५ का ३२ वर्षका बुद्धिमान लामा, स्याङ्जा बिरुवा-८ पेल्का घर भइ रत्ननगर-४ बस्ने ३१ वर्षका मिलन भन्ने कौबहादुर गुरूङ र मकवानपुर थाहा नगरपालिका-१२ घर भइ काठमाडौं थानकोट बस्ने ४७ वर्षका हीराबहादुर स्याङ्ताङ रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार