
नेपाली कांग्रेसले बागीलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरेर आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्क्रिय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज घिमिरेले छोटो समयका कारण टिकट वितरणमा केही कमजोरी भएको हुनसक्ने भन्दै त्यसलाई स्वीकार गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिइएको जानकारी दिए ।
उनले पार्टीमा देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने बताए । निर्वाचन केन्द्रित प्रचार प्रसारका लागि सातै प्रदेश र वडासम्म निर्वाचन परिचालन समिति बनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको उनले बताएयो । प्रवक्ता चालिसेले अगामी पाँच वर्षमा पार्टीको नेतृत्वमा देश निर्माण गर्ने योजनाका साथ घोषणापत्र निर्माण भइरहेको र केहीदिनभित्रै सार्वजनिक हुने उल्लेख गरे ।
उनले कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मध्ये १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी दिए । उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गर्ने बताए ।