शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

· मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
पर्सा, माघ १३ :

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा रु ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा रु १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी सोही अवधिमा रु २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा रु १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै  रु १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा रु दुई अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार