शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सम्पर्कविहीन बस झ्याप्ले खोलाको पहिरोमा परेको आशंका,१५ जनाको शव भेटियो

· आइतबार, १४ असोज, २०८१ मा प्रकाशित
सम्पर्कविहीन बस झ्याप्ले खोलाको पहिरोमा परेको आशंका,१५ जनाको शव भेटियो
काठमाण्डौं, असोज १४ :

राजधानी काठमाडौं भित्रिन र बाहिरिन अझै समय लाग्ने देखिन्छ ।

अस्ति शुक्रबारबाट नै यातायात बन्द भएको हो ।  आज तेस्रो दिन पनि काठमाडौंबाट बाहिर जाने र  भित्रिने क्रममा गाडीहरु बीच बाटोमा नै अड्किएका छन् । यात्रुहरुलाई समस्या  भएको छ । 

यात्रुहरु पैदल नै हिडेर आफ्नो गन्तब्य तर्फ लागेका छन् । 

झ्याप्ले खोलामा  ठूलो पहिरो जाँदा  केही गाडीहरु पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ । १५ जनाको शव निकालिएको छ । पहिरोमा पुरिएका सवारी साधनहरुको खोजी भईरहेको प्रहरिले जनाएको छ ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको यात्रु बस सम्पर्कविहीन भएको छ ।

गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको हो । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुनसक्ने आशङ्का गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार