शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

गोरखाबाट काठमाडौँ आउँदै गरेको यात्रुबस सम्पर्कविहीन

असोज ११ गते रातिदेखि सम्पर्क नभएको प्रशासनको भनाइ
· आइतबार, १४ असोज, २०८१ मा प्रकाशित
गोरखाबाट काठमाडौँ आउँदै गरेको यात्रुबस सम्पर्कविहीन
काठमाडौँ, असोज १४ :

गोरखाबाट काठमाडौँ आउँदै गरेको यात्रु बस सम्पर्कविहीन भएको छ ।

गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको हो । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख २२७० नम्बरको दरौँदी यातायातको बस हराएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सक्रियन्युज डक कमलाई जानकारी दिनुभयो ।

बसमा सुरुमा चालक र सहचालक मात्र भएपनि ठाउँठाउँबाट यात्रु चढेको हुनसक्ने यातायातका कर्मचारीलाई उद्दत गर्दै प्रजिअ दाहालले बस मुग्लिनसम्म पुगेको यात्रुबाटै खबर आएको र कसैले चाहिँ धादिङको खानी खोलासम्म पुगेर सम्पर्कबिहिन भएको  भन्ने खबर पाएको बताउनुभयो । 

बेपत्ता बसको खोजी कार्य जारी रहेको र बिभिन्न निकायबाट सूचना  लिने काम भइरहेको प्रजिअ दाहालको भनाइ थियो ।

बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुनसक्ने आशङ्का गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार