
काठमाडौं, माघ ८ :
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।
नवनिर्वाचित सभापति गगन थापालाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि राजीनमा दिएको उनले बताए। पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०७२ सालमा मुख्य सचिव नियुक्त गरेका थिए।
नवनिर्वाचित सभापति थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्दैछन्। सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारी गरेका छन्।