चिनवन, माघ ७ :
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्। बुधबार अपराह्न काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
चुनाव विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उनले नतिजा जे आए पनि स्वीकार्ने हिसाबले जानुपर्ने बताए ।उनले आफू अदालतप्रति आशा र भरोसा राखेर बसिरहेको पनि बताए।
उनले भने, ‘प्रतिस्पर्धा स्वस्थ होस्। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्।’ लामिछानेले आफूमाथि धेरै मुद्दा भएपछि त्यसले मानसिक रूपमा विक्षिप्त बनाउने पनि बताए। नचाहिने कुराहरूको अभियोग लगाइएको छ। तर अदालती प्रक्रियालाई सम्मान गर्नुपर्ने र स्वीकार गर्नुपर्छ,उनले भने ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’