शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

‘निर्वाचनका लागि शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
‘निर्वाचनका लागि शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’
फाइल तस्बिर ।
काठमाडौं, माघ ६ :

सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ । सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेशगत रुपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिए । उनले भयरहित वातावरणमा निर्वाचन गराउन शान्तिसुरक्षाको सुदृढ व्यवस्था गरिने बताए ।

विगतको तुलनामा हाल शान्तिसुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्रीले शान्तिपूर्ण रुपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे । उनले उच्च मनोबलका साथ  सुरक्षा निकाय कार्यक्षेत्रमा परिचालन भएका बताए।

सूचना प्रविधिको दुरुपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम, साइबर ब्यूरो र सरोकार भएका निकायको सहभागितामा आवश्यकता व्यवस्था गरिएको जानकारी उनले दिए । गृह सचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कायान्वयनका साथ निर्वाचनका निम्ति शान्तिसुरक्षा प्रभावकारी बनाइएको बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार