धरान, माघ ४ :

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पनि पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । 

पदमा बसेर उम्मेदवार बन्न नपाइने हुँदा राजीनामा दिएका हुन् । यसअघि आजै काठमाडौं महानगरका मेयर बालेन शाहले पनि राजीनामा दिएर रास्वपाको वरिष्ठ नेता बनेका छन् ।