बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट दायर, पेसी माघ ६ गते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट दायर, पेसी माघ ६ गते
काठमाडौं, माघ ४ :

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ । 

सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै  माघ ६ गतेका लागि पेसी तोकेको छ। दुईतिहाइ शक्ति पार्टीविहीन हुने जोखिम देखाउँदै देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थिए। सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको बताएपछि उनीहरू दर्ता गरेर फर्केका हुन्। 

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा मात्र देउवा पक्षका लागि राहत हुने छ, नत्र उनीहरु पार्टी विहीन रुपमा स्वतन्त्र ढंगले निर्वाचनमा उम्मेदवार बन्नुपर्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी दर्ता पनि हुँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार