शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

पहिलो दिनको राष्ट्रिय सभा बैठक सम्पन्न , शोक प्रस्ताव पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
पहिलो दिनको राष्ट्रिय सभा बैठक सम्पन्न , शोक प्रस्ताव पारित
काठमाडौं, माघ ४ :

राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि आज बसेको बैठकमा  सदस्य बलदेव बोहराको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको छ।

 विसं २००८ मा जन्मनुभएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उनी विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचत भएका थिए।आजको बैठक साढे ७ मिनेट बसेर सकिएको छ ।

आज दुई वटा कार्यसूची पेस भए । पहिलो अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाइएको थियो भने दोस्रो राष्ट्रिय सभा सदस्य बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिएको थियो । 

बहालवाला सांसद्को निधनमा शोक प्रस्ताव पारित गरेपछि बाँकी कार्यसूचीमा अगाडि नबढ्ने अभ्यास छ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते बस्ने गरी  सकिएको सभाध्यक्ष नारायण दाहालले जानकारी गराए ।

हाल राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट (नेकपा) को २५, नेपाली कांग्रेस १६, नेपाल कम्युनिष्ट (एमाले) नौ, जनता समाजवादी पार्टी (जसपा) तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, राष्ट्रिय जनमोर्चाको एक र मनोनीत तीन सदस्य छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार