शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन

· शनिबार, १३ असोज, २०८१ मा प्रकाशित
उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन
काठमाण्डौँ , असोज १३ :

अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवं संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् । 

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ को बैठकले वर्षाबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने तथा उद्धार एवं राहतका कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । 

गृहमन्त्री लेखकले अवरुद्ध सडक यथाशीघ्र खुलाउने तर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको पनि उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा आज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले सात सय ५० जनाभन्दा बढीको उद्धार गरेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार