बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

मिराज ढुंगाना नेतृत्वको जेन–जी समूह र विप्लवबीच चारबुँदे सहमति

अन्तरिम सरकारका लागि संयुक्त संघर्ष गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
मिराज ढुंगाना नेतृत्वको जेन–जी समूह र विप्लवबीच चारबुँदे सहमति
काठमाडौं, माघ १ :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहबीच चारबुँदे सहमति भएको छ।

राजनीतिक निकासका लागि सहकार्य गर्ने प्रतिबद्धतासहित दुवै पक्षले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।  नेकपा (माओवादी) का तर्फबाट महासचिव चन्द र जेन–जी समूहका संयोजक ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरे। युवा पुस्ताको प्रतिनिधित्व गर्ने जेन–जी विद्रोहले अघि सारेका मागहरू पूरा गराउन पहल गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।

सहमति अनुसार मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि सर्वपक्षीय सहमति जुटाउने र अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने उल्लेख गरिएको छ। 

भ्रष्टाचार नियन्त्रणका लागि विशेष शक्तिशाली न्यायिक निकाय गठन गर्नुपर्ने विषयमा पनि दुवै पक्ष एकमत भएका छन्।  यस्तै, जनचाहनाअनुसार संविधान संशोधन, राज्यको अग्रगामी पुनर्संरचना र स्थिर सरकार गठनका लागि दबाब पनि सहमति भएको छ। दुवै पक्षले सहमतिमार्फत संयुक्त संघर्षलाई अगाडि बढाउँदै समसामयिक राजनीतिक मुद्दामा सहकार्य विस्तार गर्ने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार