बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

कांग्रेसभित्र एकता आवश्यक छ : नेपाल प्रेस युनियन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
कांग्रेसभित्र एकता आवश्यक छ : नेपाल प्रेस युनियन
काठमाडौं, पुस ३० :

नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गरे । उनले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरूको एकता जरुरी रहेको उल्लेख गरे ।

‘नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरूले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,’ अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

नेपाल प्रेस युनियनले युनियनमा आवद्ध देशभरका पत्रकारलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध समेत गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार