बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

यात्रुले बुद्ध एयरको आपतकालीन ढोका खोलेपछि...

विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
यात्रुले बुद्ध एयरको आपतकालीन ढोका खोलेपछि...
फाइल तस्बिर ।
भैरहवा, पुस ३० :

भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान ढिलाइ भएको छ। उडान नम्बर ८५२ अन्तर्गतको जहाज (9N-AMD) मा सवार एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान स्थगित गर्नुपरेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका अनुसार बुधबार भैरहवामा उडान तयारीका क्रममा यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलेका थिए। उक्त घटनापछि उनलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

घटनापछि हवाई सुरक्षा मापदण्डअनुसार जहाजको विस्तृत प्राविधिक परीक्षण आवश्यक परेकाले काठमाडौंबाट प्राविधिक टोली भैरहवातर्फ प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ। पूर्ण प्राविधिक परीक्षण सम्पन्न भई जहाजको सुरक्षा सुनिश्चित भएपछि मात्र उडान सञ्चालन गरिने बुद्ध एयरले स्पष्ट गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका नियमअनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार