शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनको मूल्य तोलामा दुई हजार ८ सयले बढ्यो

चाँदी पनि महँगियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
सुनको मूल्य तोलामा दुई हजार ८ सयले बढ्यो
काठमाडौं, पुस २७ :

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु दुई लाख ६७ हजार ८००मा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला रु दुई लाख ७० हजार ६००पुगेको छ । यस अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ८००ले वृद्धि भएको हो ।

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला रु चार हजार ७८० मा कारोबार भएको एक तोला  चाँदीको मोल आज बढेर रु चार हजार ९९० कायम भएको छ । दुई दिनमा चाँदी प्रतितोला रु २  १० ले महँगिएको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५२४ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार