शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

रास्वपासँग नजिकिएका तीन मन्त्रीलाई पद छाड्न प्रधानमन्त्रीको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ पुस, २०८२ मा प्रकाशित
रास्वपासँग नजिकिएका तीन मन्त्रीलाई पद छाड्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, पुस २२ :

प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न रहेको आरोपमा तीन मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले दलीय गतिविधिमा संलग्न रहनु गैरदलीय सरकारको भावना विपरीत भएको बताउँदै राजीनामा दिन भनेको स्रोतले जनाएको छ।

चुनावी प्रयोजनका लागि गठन गरिएको गैरदलीय सरकारमा रहेर दलगत क्रियाकलापमा सक्रिय भएको भन्दै सहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई प्रधानमन्त्री कार्कीले केही दिनअघि नै व्यक्तिगत रूपमा सरकारको मर्यादा कायम गर्न आग्रह गरेकी थिइन्। चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू सरकारी कामकाजभन्दा दलीय गतिविधिमा सक्रिय भएपछि सरकारको तटस्थतामाथि प्रश्न उठ्न थालेको थियो।

प्रधानमन्त्री कार्कीले गैरदलीय पृष्ठभूमिका व्यक्तिहरूलाई मात्र मन्त्रीमा सहभागी गराएको भए पनि अहिले केही मन्त्रीको उठबस दलहरुसँग देखिन थालेको छ। ‘उज्यालो नेपाल पार्टी’को संरक्षक बनेका कुलमान पार्टीलाई नै रास्वपामा विलय गराउने प्रयासमा सक्रिय छन्। त्यस्तै सञ्चारमन्त्री खरेल र खेलकुदमन्त्री गुप्ता पनि रास्वपासँग नजिकिएर दलीय गतिविधिमा संलग्न भएको आरोप छ। कांग्रेस र एमाले लगायतका दलहरुले अन्तरिम सरकारका मन्त्रीहरुले दलीय गतिविधिमा लाग्न नहुने भन्दै त्यस्तालाई प्रधानमन्त्रीले तत्काल वर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार