काठमाडौं, पुस २२ :

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेकै अवस्थामा पार्टी कार्यालय बाहिर निधिमाथि कार्यकर्ताहरुले दुर्व्यवहार गरेका हुन् । 

भिडियोमा निधिले अवरोध गर्नेहरूलाई ‘को हो त्यो मान्छे? को हो? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेपछि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले  ‘तपाईं चैं हो?’ भन्दै प्रतिप्रश्न गरेको आवाज सुनिन्छ। निधि र कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो।  विशेष महाधिवेशन पक्षधरले नेता निधिलाई पार्टी कार्यालय प्रवेशमा अवरोध गरेका हुन्।

आज बिहान ११ बस्ने भनिएको बैठक दुई घण्टा पर सारेर १ बजेका लागि तय गरिएको थियो । महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा विवाद चर्किदै गएको छ  ।