काठमाडौं, पुस २१ :

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजदूत थम्प्सन आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने तयारीमा छन् ।