शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यकः यातायातमन्त्री दाहाल

· शुक्रबार, १२ असोज, २०८१ मा प्रकाशित
देश विकासलाई गति दिन संविधान संशोधन आवश्यकः यातायातमन्त्री दाहाल
मोरङ, असोज १२ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नुभयो ।

उहाँले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरूबीच छलफल भइरहेको जानकारी दिनुभयो । 

मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गर्नुभयो । उहाँले संविधान संशोधनमा जनताले थप अधिकारहरू प्राप्त गर्ने उल्लेख गर्नुभयो।

उहाँले देशव्यापी रुपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमि सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताउनुभयो।

मन्त्री दाहालले आज विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार