बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

कतार सरकारले दियो १३ नेपालीलाई आममाफी, नेपाल सरकारद्वारा आभार प्रकट

उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने अपेक्षा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
कतार सरकारले दियो १३ नेपालीलाई आममाफी, नेपाल सरकारद्वारा आभार प्रकट
काठमाडौं, पुस १८ :

कतार सरकारले त्यहाँ कैद १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ । 
    
मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।  यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने अपेक्षा मन्त्रालयको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार