शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

असोज १८ देखि नेपालमा पहिलो पटक एसियाकै ठूलो रग्बी प्रतियोगिता हुने

· शुक्रबार, १२ असोज, २०८१ मा प्रकाशित
असोज १८ देखि नेपालमा पहिलो पटक एसियाकै ठूलो रग्बी प्रतियोगिता हुने
काठमाण्डौँ , असोज १२ :

असोज १८ र १९ गते नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एशिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुने भएको छ ।

एशिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा नेपालमा प्रतियोगिता हुन लागेको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने प्रतियोगितामा एशियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

नेपालमा एशियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ का लागि एसिया रग्बी का अध्यक्ष कायस अल धलाई पनि नेपाल आउँने जनाईएको छ ।

प्रतियोगिताको विजयी महिला तथा पुरुष टोलीले एशिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।

नेपाली टिम सन् २०१६ देखि एशिया रग्बीमा सहभागी हुँदै आएको छ । गएको वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार