शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

युद्धविरामको आह्वान गरिएपनि इजरायलद्वारा हिजबुल्लाहमाथि 'पूर्ण शक्ति' प्रहार

· शुक्रबार, १२ असोज, २०८१ मा प्रकाशित
युद्धविरामको आह्वान गरिएपनि इजरायलद्वारा हिजबुल्लाहमाथि 'पूर्ण शक्ति' प्रहार
काठमाण्डौं, असोज १२ :

अमेरिका र अन्य मित्रराष्ट्रले युद्धविरामका लागि आह्वान गरे पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सशस्त्र समूह हिजबुल्लाहविरुद्ध 'पूर्ण शक्ति' का साथ लडाइँ जारी राख्न सेनालाई निर्देशन दिएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ ।

हिजबुल्लाहले बेरुतको दक्षिणमा रहेको एक अपार्टमेन्टमा भएको हवाई आक्रमणमा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुरको मृत्यु भएको पुष्टि गरेको छ ।

सोमबारदेखि लेबनानमा इजरायली आक्रमणमा नाटकीय वृद्धि भएपछि इजरायल र हिजबुल्लाहबीच चौतर्फी युद्धको आशंका बढेको छ ।

अमेरिका, बेलायत र युरोपेली संघसहित १२ सदस्यीय समूहले इजरायल र हिजबुल्लाहबीच तीन साताका लागि युद्धविरामको प्रस्ताव गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी डानोनले आफ्नो देश विचारका लागि खुला रहेको बताएपछि सुरुमा यो प्रस्ताव स्वीकार गर्ने आशा गरिएको थियो।
तर बिहीबारसम्म इजरायली राजनीतिज्ञहरूले यसलाई अस्वीकार गरिसकेका थिए र अहिले लेबनानमा इजरायली आक्रमण जारी छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार